१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न– नेपालको संविधान चारजना पूर्वप्रधानन्यायाधीशहरूले लेखेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२६:oo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी पूर्वप्रधानन्यायाधीशहरूले अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना पूर्वप्रधानन्यायाधीशहरूले देशको संविधान बनाएको नभई जनताको प्रतिनिधिहरूले लेखेको समेत बताएका छन् । 

साथै, उनले उनीहरूको विभिन्न सार्वजनिक अभिव्यक्तिले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा प्रभावित पार्ने पनि जनाएका छन् । 

उनले त्यस्ता अभिव्यक्तिमार्फत अदालतको न्यायसम्पादनलाई प्रभावित पारी निहित चाहना मुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्न दुराशय रहेको आरोप लगाएका छन् । 

संवैधानिक इजलासले गरिरहेको सुनुवाइ प्रभावित गर्न पूर्वन्यायाधीशहरूले दिएको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत रहेको ठहर थापाले गरेका छन् । 

उनले प्रश्न गरेका छन्, सामाजिक मर्यादा र स्थापित सीमा भत्काउने यस्ता क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमा पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ?

ad
ad