१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७५ माघ २८ सोमबार ०९:०४:००
Read Time : < 1 मिनेट
विश्व

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ २८ सोमबार ०९:०४:००

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट गर्ने भएका छन् । दोस्रो शिखर बैठकबारे मुनले ट्रम्पसँग छलफल गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ । 

ब्लु हाउसका प्रवक्ता किम एउई केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी सुरु भइसकेको बताए ।  प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पबीच टेलिफोन वार्ता भएको जानकारी दिए । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा दोस्रो शिखर बैठक गर्ने सहमति भएको छ । उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बाइगनले गत हप्ता उत्तर कोरियाको भ्रमण गरी शिखर बैठकको मितिको टुंगो लगाएका थिए ।

उनीहरूबीच बहुचर्चित र अनपेक्षित मानिएको पहिलो शिखर बैठक गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । लामो समयदेखि एक–अर्कालाई कठोर शत्रुका रूपमा हेर्दै आएका उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ ।