एक सय तीस किलो गाँजासहित आठ पक्राउ

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

प्रहरीले एक सय तीस किलो गाँजासहित आठजनालाई पक्राउ गरेको छ ।

आज शुक्रबार बिहान करिब ४ बजेको समयमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ । 

ती पक्राउ परेका आठजनाबाट ४४ किलो गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा सुजन प्रजा, दीपक लामा, कान्छाराम लामा, गोपाल वचेपाङ, रतन स्याङतान, उद्धास ब्लोन, प्रेम मोक्तान र सीताराम स्याङतान रहेको प्रहरीले जानकारी दिएको छ । 

साथै प्रहरीले बिहीबार राति ९ बजे चेकजाँचका क्रममा मकवानपुरकै मनहरी गाउँपालिका– ६ मा गाँजा ओसारपसार भइरहेको फेला पारेको छ ।

प्रहरी आएको थाहा पाएर ओसारपसारमा संलग्नहरू भने फरार भएको र त्यहाँ ८६ किलो गाँजा नियन्त्रणम लिएको प्रहरीले जनाएको छ ।

फरारहरूको खोजी भइरहेको र नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुझावित समाचार