मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २० सोमबार ०५:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कपिलवस्तुको तौलिहवामा सिद्धार्थ बैंकको सर्भिस आउटलेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २० सोमबार ०५:५८:००

सिद्धार्थ बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । 

कोभिड–१९ महामारीको अवस्थामा पनि सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरूबाट बैंकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरिरहेको बैंकले जनाएको छ । सजिलो बैंकिङ सेवा ९ शाखारहित बैंकिङ, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा प्रदान गरिरहेको जनाइएको छ ।

त्यस्तै, रेमिट्यान्स सेवा, एटिएम कार्ड, ४ सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले सेवा दिइरहेको जनाएको छ ।