मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १८ शनिबार
  • Tuesday, 15 July, 2025
होवार्ट हुरिकेन्सबाट शनिबार मैदानमा उत्रन लागेका नेपालका सन्दीप लामिछाने अभ्यास गर्दै । तस्बिरः होवार्ट हुरिकेन्सको ट्विटरबाट
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १८ शनिबार o९:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हुरिकेन्सबाट खेल्न तयार सन्दीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १८ शनिबार o९:२९:oo

अस्ट्रेलियाली सरकारको कोभिड–१९ का सबै मापदण्ड पूरा गरेपछि नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले शनिबार होवार्ट हुरिकेन्सबाट अवसर पाउने

कोरोना भाइरस संक्रमित हुँदा सन्दीप लामिछानेले अस्ट्रेलियाको चर्चित टी–२० फ्रेन्चाइज लिग बिगवासको पहिलो ६ खेल खेल्न पाएनन् । संक्रमणबाट मुक्त तथा अस्ट्रेलियाली सरकारको कोभिड–१९ का सबै मापदण्ड पूरा गरेपछि सन्दीपले शनिबार होवार्ट हुरिकेन्सबाट अवसर पाउने भएका छन् । सातौँ खेलमा अवसर पाउँदा सन्दीप उत्साहित छन् ।

सन्दीपले ३० डिसेम्बरमा आफू होवार्टबाट खेल्न प्रतीक्षा गर्न नसकिरहेको ट्विटरमा ट्विट गरेका थिए । उनी लेख्छन्, ‘म हुरिकेन्सबाट बिबिएलमा खेल्न व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छु, यो नयाँ वर्षमा सबैको राम्रो होस् ।’ यसअघि गत २५ डिसेम्बरमा सन्दीपले आफूले क्वारेन्टाइन समय समाप्त गरेको जानकारी दिएका थिए । 

‘मेरो क्वारेन्टाइन समय सकिएको छ, अब म नयाँ टोली हुरिकेन्समा आबद्ध हुनेछु,’ उनले भनेका छन् ।’ उनले शुक्रबार नेट सेसनमा अभ्यास पनि गरेका छन् । सन्दीपले साथीहरूसँग नेट सेसनमा अभ्यास गरिरहेको तस्बिर हुरिकेन्सले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको छ । निर्धारित समयभन्दा सन्दीप अस्ट्रेलियामा ढिलो गएका थिए । त्यहाँ निश्चित १४ दिनको क्वारेन्टाइन समय बिताएपछि सन्दीपले बिगवासको सातौँ खेलमा सन्दीपले प्रतिस्पर्धा गर्न लागेको उनका म्यानेजर रमन सिवाकोटीले बताएका छन् । 

सन्दीप १५ डिसेम्बरमा अस्ट्रेलिया पुगेका थिए । संयोग कस्तो छ भने सन्दीपले हुरिकेन्सबाट खेलिरहँदा मैदानमा पूर्वक्लब मेलवर्न स्टार्स रहनेछ । बिगवासको पहिलो दुई सिजनमा सन्दीपले स्टार्सबाट प्रतिस्पर्धा गरेका थिए । हुरिकेन्सले नेपालका स्टार लेग स्पिनर सन्दीपले १४ दिनको क्वारेन्टाइन बिताएको र टोलीमा आबद्ध भएको जनाएको छ ।

हुरिकेन्सले शुक्रबार १७ सदस्यीय टोली घोषणा गर्दा सन्दीप पनि समावेश छन् । उनलाई वेस्टइन्डिजका किमो पाउलको स्थानमा राखिएको हुरिकेन्सले जनाएको छ । अहिले हुरिकेन्सको कप्तानी अस्ट्रेलियाका पिटर ह्यान्डकोवले गरेका छन् । गत सिजनमा उनी पनि स्टार्समै थिए । यस सिजनदेखि बिगवासमा एक खेलमा कम्तीमा तीन विदेशी खेलाडी उतार्न पाउने नियम बनाइएको छ । 

अहिले बिगवासमा ६ खेल समाप्ति हुँदा हुरिकेन्सले चारमा जित र दुई खेलमा हारको सामना गरेको छ । हुरिकेन्स १५ अंकका साथ तेस्रो स्थानमा छ । रनरेटका आधारमा हुरिकेन्स आठ टोली सम्मलित बिगवासको तेस्रो स्थानमा रहेको हो । दोस्रो स्थानमा सिड्नी थन्डर छ । 

लगातार तेस्रोपटक बिगवासमा आबद्ध भएको सन्दीपले अघिल्लो दुई सिजनमा मेलवर्न स्टार्सबाट खेल्दा २० खेलमा २६ विकेट लिएका थिए । बिगवासमा उनको उत्कृट बलिङ स्पेल ११–३ हो । यसैगरी उनको इकोनोमी रेट ७.२७ र स्ट्राइक १६.३ राखेका छन् ।