राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।
बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन् ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरूले सम्बोधन गरिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते शुक्रबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी छिन् । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।