१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Saturday, 05 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ पौष १७ शुक्रबार १५:५९:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमणको दर शून्य

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ पौष १७ शुक्रबार १५:५९:oo

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णालीका १० जिल्लामध्ये कालिकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।  

यसभन्दा अघि रुकुमपश्चिमका दुई सय ५५ जना, कालिकोटका ३ सय २८  र  मुगु जिल्लामा ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ती जिल्लाका सबै जनामा कोरोनो संक्रमण निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कर्णाली प्रदेश हाल सुर्खेतमा ९७ जना, दैलेखमा दुईजना, जाजरकोटमा १४ जना, सल्यानमा ३१ जना, जुम्लामा ६ जना, हुम्लामा ११ जना र डोल्पामा नाैजना गरेर एक सय ७० कोरोनाका संक्रमित बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । 

शुक्रबार १४ जना थप कोरोना संक्रमित थपिए
 
कर्णाली प्रदेशमा आरटी–पिसिआर विधिबाट परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ८१ (एकासी) गर्दा १४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या सात हजार तीन सय ५७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा शुक्रबार सुर्खेतका १२ जना, सल्यानका एकजना र रुकुम पश्चिमका एकजनामा कोरोना पुष्टि भएको हो । 

९६ हजारको कोरोना परीक्षण

हालसम्म कर्णाली प्रदेशमा आरटी–पिसिआर विधिबाट ९६ हजार एक सय दुईजनाकाे कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

हालसम्म आरटी–पिसिआर परीक्षण विधिबाट    प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५०२८६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २८१५०, दैलेख अस्पताल दैलेखमा ६ हजार आठ सय ८०, चौरजहारी नपा प्रयोगशाला रुकुम पश्चिममा १० हजार पाँच सय ८८, भेरी अस्पताल बाँकेमा ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुई र कमलबजार नगरपालिका प्रयोगशाला अछाममा ९३ जनाको स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सात हजारभन्दा बढीले जिते कोरोना

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या चारजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार १८ पुगेको छ । 

कर्णालीमा हालसम्म २६ जनाले ज्यान गुमाए 

कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेमा सुर्खेत जिल्ला रहेका छन् । 

सुर्खेतका १५ जना, दैलेखका ६ जना, डोल्पाका एकजना, कालिकोटका एकजना, रुकुम पश्चिमका एकजना र बाँकेका दुईजनाकाे कोरोना संक्रमणका कारणले मृत्यु भएको छ । जसमध्ये पुरुष १८ जना र महिला आठजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।