१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१६:oo

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राप्तिसम्बन्धी समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेप लघुवित्तका अध्यक्ष पीताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

 चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सको ७१ जिल्लामा १ सय २३ शाखा कार्यालय रहेको जनाइएको छ । यसले करिब २ लाख २२ हजारभन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यसको चुक्ता पुँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । यसले ४६ जिल्लामा ७८ शाखामार्फत ८० हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाइएको छ ।  

डिप्रोक्स र नाडेप लघुवित्तको लगानीमा रहिरहेको कर्जा रकम क्रमशः १३ अर्ब ८३ करोड रुपैयाँ र ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्राप्तिपश्चात् जम्मा १८ अर्ब ३७ करोड रुपैयाँ लगानी हुने डिप्रोक्स लघुवित्तले जनाएको छ । बचततर्फ डिप्रोक्सको ५ अर्ब ६२ करोड रुपैयाँ र नाडेपको १ अर्ब ५४ करोड रुपैयाँसमेत गरी जम्मा ७ अर्ब १६ करोड कायम हुने जनाइएको छ ।    

ad
ad