१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष १६ बिहीबार १४:०४:००
Read Time : < 1 मिनेट
विश्व

दिल्लीमा आज र भोलि रात्रिकालीन कर्फ्यु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष १६ बिहीबार १४:०४:००

दिल्ली सरकारले कोरोना भाइरस (कोभिड– १९) एवं यसको नयाँ स्वरूपको संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन दिल्लीमा नयाँ वर्ष र यसको पूर्वसन्ध्यामा रात्रिकालीन कर्फ्यु लगाएको छ । नयाँ वर्षको अवसरमा रातभर भिडभाड नहोस् भनेर सरकारले यस्तो घोषणा गरेका हो ।

दिल्लीका मुख्यसचिव विजय देवद्वारा जारी आदेशअनुसार रात्रिकालीन कर्फ्यु ३१ डिसेम्बर रातप ११ बजेदेखि १ जनवरीको बिहान ६ बजेसम्म जारी रहनेछ । यस्तै १ जनवरीको राति ११ बजेदेखि बिहान ६ बजेसम्म पनि कर्फ्यु रहनेछ । यस अवधिमा कुनै पनि स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन पाइनेछैन । 

महाराष्ट्रमा ५ जनवरीसम्म कर्फ्यु
महाराष्ट्र सरकारले गत सोमबार नै नयाँ वर्षका अवसरमा हुने भिडभाड र हुलहुज्जत रोक्न आग्रह गरेको थियो । महाराष्ट्रअन्तर्गतका ठूला सहरमा सरकारले आगामी ५ जनवरीसम्म रात्रिकालिन कर्फ्यु जारी गरेको छ । 

बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखिएसँगै महाराष्ट्र सरकारले सीमा क्षेत्रमा पनि निगरानी बढाएको छ । त्यस्ता क्षेत्रमा पनि आगामी ५ जनवरीसम्म रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । राज्य सरकारले आफ्ना नागरिकलाई भनेको छ, ‘यसपटकको नयाँ वर्ष घरमै सामान्य तरिकाले मनाउनुहोला । समुद्री किनारा, पार्क, सडकमा भिडभाड नगरौँ ।’
महाराष्ट्रको मुम्बईमा नयाँ वर्षको अवसरमा मरिन ड्राइभ, गेट वे अफ इन्डिया, गिरगाउँ, जुहुजस्ता क्षेत्रमा भिड लाग्ने गर्छ ।