मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १४ मंगलबार १८:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १४ मंगलबार १८:३८:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । 

उनीहरूबीच नेपाल र भारतको बीचमा विद्युत् क्षेत्रमा भइरहेको सहकार्यबारे छलफल भएको छ । जसमा ठूला संयुक्त परियोजनाहरू चाँडै सम्पन्न गर्ने र सहजीकरण गर्नेलगायतका विषयवस्तु समावेश रहेको भारतीय दूतावासले जनाएको छ । 

भेटवार्तापछि भारतीय दूतावासले प्रेस नोट जारी गरेर भनेको छ, ‘२०१४ मा विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएपछि भारत र नेपालको विद्युत् क्षेत्रमा बहुपक्षीय संलग्नता हुँदै आएको छ जुन विगत चार–पाँच  वर्षमा उल्लेखनीय रूपमा अगाडि बढेको छ । यसमा नेपाली जलविद्युत् क्षेत्रमा भारतीय लगानी, उच्च भोल्टेज र मध्यम भोल्टेज क्रस बोर्डर ट्रान्समिसन लाइन, विद्युत् व्यापारको सुविधाको साथै ग्रिड अपरेसनमा समन्वय समावेश छन् ।’

राजदूत क्वात्राले मन्त्री भएकोमा रायमाझीलाई बधाई र शुभकामना दिएका थिए ।