मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ पौष १४ मंगलबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाथीभरा मन्दिरआसपास भीषण आगलागी

Read Time : < 1 मिनेट
२०७७ पौष १४ मंगलबार ०७:५५:००

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । सोमबार रातिसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगोमा परी मन्दिरको मुख्य पूजापाठ गरिने स्थानभन्दा उत्तरतर्फको भिरमा रहेको थान पूरै जलेको छ । 

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी झेन्द्रप्रसाद चापागाईंले जानकारी दिए ।

पटकपटक हेलिकोप्टरबाट पानी फालिए पनि आगो नियन्त्रण गर्न नसकिएको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्ले बताए । मुख्य पूजा गरिने मन्दिर क्षेत्रमा भने आगो पुगिसकेको छैन । तर, वरपरका क्षेत्रमा ठूलो क्षति भएको छ । काफ्लेका अनुसार मन्दिर जोगाउने गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

पाथीभरा क्षेत्रमा पानीको निकै संकट भएकाले आगो नियन्त्रणमा समस्या देखिएको छ । हेलिकोप्टरले माथिबाट फ्याँक्ने पानी केही तल पोखरीबाट व्यवस्थापन गरिएको छ ।

लुक्लामा रहेको हेलिकोप्टर पाथीभरा ल्याएर सो प्रयास गरिएको हो । मन्दिर जोगाउन मन्दिर परिसरमा टाँगिएका ध्वजापताका, डोरी बटुलेर जलाइएको छ ।

बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोलास्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर गई मन्दिरनजिकै पुगेको हो । वनमा कसले आगो लगाएको हो भन्ने अहिलेसम्म खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रजिअ चापागाईंले बताए ।