मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १३ सोमबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरको अन्तिम सम्झौता

Read Time : < 1 मिनेट
२०७७ पौष १३ सोमबार ०६:०३:००

कर्णाली प्रदेशको जाजरकोटमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश–१ को सुनसरीमा रजिस्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरको अन्तिम सम्झौता भएको छ । मर्जर हुने दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरका संस्था हुन् ।   

मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्तिपछि अन्तिम सम्झौता भएको एनआइसी एसिया लघुवित्तले जनाएको छ । सम्झौतामा एनआइसी एसिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणि जोेशीले हस्ताक्षर गरेको जनाइएको छ । 

एनआइसी एसियाका कुल १ सय २० शाखा र स्वदेशीका कुल ८५ शाखा रहेको जनाइएको छ । मर्जरपश्चात् एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्त वित्तीय संस्था बन्ने दाबी गरिएको छ ।