१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १२ आइतबार
  • Saturday, 05 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७७ पौष १२ आइतबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली समूहले लगाएकाे ताला प्रचण्ड-नेपाल समूहले तोडेपछि नेकपा कञ्चनपुर पार्टी कार्यालयमा लफडा [तस्बिरसहित]

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ पौष १२ आइतबार १३:१२:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा भएकाे छ ।

आइतबार दिउँसो १२:३० बजेतिर प्रचण्ड-नेपाल समूहको भेला थियो । ओली समूहले गुटको भेला पार्टी कार्यालय गर्न नपाइने भन्दै मूलगेट, कार्यालय र सभा कक्ष तीन ठाउँमा ताला लगायाे ।

मूलगेटमा लगाएको ताला प्रचण्ड-नेपाल समूहले तोडिदिएकाे छ । कार्यालय र हलमा लगाएको ताला भने दिउँसो १२ः३० बजेसम्म तोडेका थिए ।

ओली समूहका तर्फबाट अनेरास्ववियुको केन्द्रीय सदस्य भएका कमल रोकायाले पार्टी फुटको संघारमा कुन आधिकारिक नहुँदासम्म कसैले पनि गुटको कार्यक्रम गर्न नहुने भन्दै तालाबन्दी गरेको बताए । ‘अहिले पार्टी विवाद निर्वाचन आयोगमा पुगेको छ, ‘उनले भने, ‘कुन आधिकारिक हो भन्नेबारेमा यकिन भएको छैन, त्यतिञ्जेल हामी कुनै पनि कार्यक्रम गर्न दिँदैनौँ, पार्टी कब्जा भने गरिएको होइन ।’

प्रचण्ड–नेपाल समूह कञ्चनपुरका युवा विद्यार्थी रमेश पन्तले नेकपा कञ्चनपुरका पार्टी सचिव ताला लामा तामाङसहितको उपस्थितिमा हुने कार्यक्रम गुटको नभई पार्टी कार्यालय सबैको र कार्यालयमा अवरोध गर्नु गैरलोकतान्त्रिक चरित्र भएको बताए । 

‘हामी ताला तोडेरै भए पनि पार्टी कार्यालयमा कार्यक्रम गर्छौँ, यो पार्टी उनीहरूको पनि हो, हाम्रो पनि हो,’ जनताको जनमतमाथि अपहरण गरेजस्तै पार्टी कार्यालय कब्जा गर्नु निन्दनीय भएको उनले बताए ।

नेकपा पार्टी कार्यालयमा दुवै पक्षबीचका कार्यकर्ताबीच लफडा मच्चिएसँगै स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति बढाएको छ ।