१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ७ मंगलबार ०९:५२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रतिष्ठानमा आरएनए एक्सट्र्याक्सन मेसिन 

Read Time : < 1 मिनेट
२०७७ पौष ७ मंगलबार ०९:५२:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विराटनगर महानगरपालिकाको सहकार्यमा पिसिआर परीक्षण गर्न आधुनिक आरएनए एक्सट्र्याक्सन मेसिन भित्र्याएको छ ।

यो मेसिन पाएसँगै प्रतिष्ठानको ल्याबले दैनिक दुई हजार पिसिआर नमुना परीक्षण गर्न सक्ने क्षमतामा स्तरोन्नति भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त सहयोगमा ती मेसिन ल्याइएका हुन् । 

विराटनगर महानगरपालिकाले आइतबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गर्‍यो । हाल प्रतिष्ठानमा तीनवटा पिसिआर मेसिन र दुईवटा आरएनए एक्सट्र्याक्सन मेसिन उपलब्ध छन् । अब दैनिक दुई हजारवटा स्वाब नमुना परीक्षण गर्ने क्षमतामा स्तरोन्नति भएको छ ।

यसअघि १० मंसिरमा रोटरी क्लबले एकैपटकमा ९६ वटा स्वाब नमुना परीक्षण गर्ने पिसिआर मेसिनसमेत प्रतिष्ठानलाई प्रदान गरेको थियो । यी दुवै मेसिनको मूल्य करिब अढाई करोड पर्ने महानगरपालिकाका प्रमुख भीम घिमिरेले जानकारी दिए ।

प्रतिष्ठानमा आउने बिरामीको समस्यालाई मध्यनजर गरेर यहाँको ल्याब, रेडियोलोजी, इमेजिङ तथा फार्मेसी सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले जानकारी दिए ।