Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष ४ शनिबार १६:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेख प्रहरीद्वारा पाँच महिनामा ५४ फरार अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
२०७७ पौष ४ शनिबार १६:५८:००

जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालत दैलेखबाट विभिन्न कसुर सजायको फैसला सुनाएर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेर फरार अभियुक्त शून्य बनाउने अभियान थालेको छ ।  

दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने, 'विगत पाँच महिनायता दैलेखमा ५४ जना फरार अभियुक्त पक्राउ गरेका छौँ । बाँकी सबैको खोजी कार्य तीव्र पारिएकाले केही महिनाभित्र सबैलाई पक्राउ गर्ने गरी प्रहरीले काम सुरु गरेको छ ।'

पाँच वर्षअघिको तत्थ्यांक केलाउने हो भने वर्षमा १२ जनासम्म पक्राउ गर्न सफल भएको दैलेख प्रहरीले नयाँ प्रहरी प्रमुख अनुपम श्रेष्ठ जिल्लामा आएसँगै फरार अभियुक्त पक्राउको अभियान प्रभावकारी बनाइएको छ ।

योसँगै सेवा प्रवाहमा निकै सुधार आएको छ, सामाजिक अपराध न्यूनीकरणमा विशेष जोड दिँदै दैलेख प्रहरीले काम सुरु गरेको छ । बालविवाह र महिला हिंसाका विषयमा पनि दैलेख प्रहरीले कानुनी कारबाहीलाई तीव्र पारेको छ ।  

जिल्ला प्रहरी कार्यालय दैलेखले पाँच महिनाको अवधिमा सम्पन्न गरेका कार्यको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पाँच महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा तीन हजार पाँच सय ६९ सेवाग्राहीले सेवा लिन आएको बताउँदै ४४४ जना पीडितहरूले विभिन्न विषयमा प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि नागरिकस्तरसम्म प्रहरीले ५३ स्थानहरूमा जनचेतनालगायतका अभियानहरू पनि सञ्चालन गरेको छ । 

जिल्लाको ट्राफिक व्यवस्थापनमा कडाइ गरेसँगै ९ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । १ हजार २८ सवारीसाधनलाई कारबाही गरेको छ । जिल्लाभर भएका विभिन्न दुर्घटनामा परी पाँच महिनामा पाँचजनाको मृत्यु भएको छ । 

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत १५ सय २२ लिटर तयारी मदिरा नष्ट गरिएको छ भने ६ हजार पाँच सय ८३ लिटर कच्चा पदार्थ र एक सय पाँच केजी औषधि बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । 

स्थानीय सरकार सञ्चालन भएसँगै गाउँमा गठन गरिएको न्यायिक समितिमार्फत हेर्नुपर्ने १३ प्रकारका विभिन्न मुद्दासमेत प्रहरीमा आउने गरेका कारण त्यस्ता विषयहरूको सहजीकरणका लागि दैलेख प्रहरीले ठाडो उजुरी व्यवस्थापन शाखाको स्थापना गरेर काम सुरु गरेको छ । १६७ वटा उजुरीका बारेमा विभिन्न निकायसँग समन्वय गरेर काम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

फोटो प्रहरी प्रमुख अनुपम श्रेष्ठ पत्रकार सम्मेलनमा प्रगतिको जानकारी गराउँदै  ।