१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

२५ प्रतिशत संख्या नभएकाले संसदको विशेष अधिवेशन माग गर्न सकेनौँ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:o४:oo

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा कांग्रेस एक्लैसँग २५ प्रतिशत संख्या नभएकाले विशेष अधिवेशन माग गर्न नसकेको बताएका छन् । शुक्रबार साँझ ट्विट गर्दै देउवाले संसद्को विशेष अधिवेशन बोलाउन पटकपटक पहल गरे पनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले नसकेको बताएका हुन् । 

‘कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो । तर, ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौँ,’ उनले लेखेका छन् । सभापति देउवाले अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गरेका छन् । 
 

ad
ad