१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०७७ पौष ३ शुक्रबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीका छुट्टाछुटै स्थानबाट आधा क्विन्टल गाँजासहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ पौष ३ शुक्रबार ११:३२:००

जिल्लाको लालबन्दी र ईश्वरपुर नगरपालिकाबाट ४६.७६ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । 

लालबन्दी नगरपालिका– ६ स्थित पूर्वपश्चिम लोकमार्गमा चेकजाँचको क्रममा २६.२३ किलो ग्राम गाँजासहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको हो । 

पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका– १ दापडाँडा बस्ने ३५ वर्षका शक्ति लामा र रौतहटको चन्द्रपुर– १ बस्ने ४२ वर्षका प्रेम यादव रहेको प्रहरीले जनाएको छ । 

उनीहरू लागुऔषध गाँजालाई बा.८३प ८४७१ नम्बरको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा बाँधेको र पछाडि सवार यादवले बोकेको झोलामा समेत गरी रातो प्लाष्टिकमा प्याक गरेर झोलामा बोकेको उक्त परिमाणकाे लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ । 

यस्तै जिल्लाको ईश्वरपुर नगरपालिका– १२ पूर्व–पश्चिम लोकमार्गबाट १०.५ किलो लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । 

सर्लाहीको बाँकै चोकस्थित घारिबथानबाट महोत्तरीको बर्दिवासतर्फ साइकलमा जाँदै गरेका जलेश्वर नगरपालिका– ७ बस्ने शिवजी रायका छोरा २० वर्षका रुपेश राय गाँजासहित पक्राउ परेका हुन् । 

उनले चलाएको साइकलको क्यारियरमा बाँधेको क्यारेटमा प्लाष्टिकमा प्याक गरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनैजना र तस्करीमा प्रयोग भएको सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनाकारी दिए ।