१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ज्यान जोखिममा राखेर  ठाडो भिरमा मह सिकार 

लमजुङमा गरिने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२o:oo

मंसिर महिना भिरमौरीको मह सिकारका लागि उपयुक्त समय मानिन्छ । सोहीकारण यतिवेला लमजुङका ग्रामीण क्षेत्रमा स्थानीयवासी भिरमह सिकार गरिरहेका भेटिन्छन् । जिउ नै सिरिङ हुने अग्ला भिर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा आश्चर्य लाग्ने गरेको खुदीकी प्रकृति थापा बताउँछिन् । ‘यसअघि भिरमौरीको सिकार गरेको कहिल्यै नदेखेकाले पहिलोपटक देख्दा अविष्मरणीय र रोचक लाग्यो ।’

धेरै वर्षअघिदेखि भिर–पहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेमा हानाथाप चल्ने गर्दथ्यो । तर, अहिले त्यस्ता महसिकारी भेट्टाउनै मुस्किल पर्ने स्यागेका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउँछन् । महसिकारी डिलबहादुर गुरुङका अनुसार पहिलेपहिले उधौली र उभौलीको समय पारेर मह सिकार गरिने चलन थियो, तर हिजोआज मह सिकारलाई पर्यटनसँग जोड्न थालिएको छ । 

स्वदेशी तथा विदेशी पर्यटकले मह सिकारलाई मन पराउन थालेपछि मिप्रा गाउँमा बर्सेनि मह सिकार हुन थालेको मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङले बताए । ज्यानको बाजी थापेर सिकारीहरूले गर्ने मह सिकार स्थानीयलाई आयआर्जन र साहसिक पर्यटनका लागि गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ‘हनी हन्टिङ’ अर्थात् मह सिकार हिजोआज पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ । 

मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि ‘हनी हन्टिङ फेस्टिभल’का रूपमा पहिलोपटक २०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा मह सिकार हुने गरेको थियो । तर, यस वर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण पर्यटक आउन पाएका छैनन् ।

जंगलको आसपास बस्दै आएका गुरुङ समुदायका लागि भिरमह आम्दानीको स्रोतसमेत बन्न थालेको छ । गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै मह सिकार धान्दै आएका छन् । लमजुङको सिउरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिर–पहरामा भिरमौरीहरू प्रशस्त पाइन्छ । झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्दछ ।

यसरी गरिन्छ मह सिकार 
भिरमौरीको मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ । नेपालमा बिरलै हुने मह सिकार लमजुङका कहालीलाग्दो भिरपहरामा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरूले गर्दै आएका छन् । भिरमौरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विनातयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ । लमजुङका अधिकांश भिर–पहरामा भिरमह पाइन्छ । जाँगरिला महसिकारीहरूले वर्षैपिच्छे मह सिकार गर्दै आएका छन् ।

भिरमह जस्तोसुकै भिरमा भने हुँदैन । भिरमौरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँकतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा सिकार गर्न चोयाको डोरीको साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भ¥‍याङजस्तो बनाएर डोरीलाई भिरको सिरानमा रहेको रूखमा बाँधी त्यसबाट सिकारी झुन्डिएर मह काढ्ने गरिन्छ ।

विशेषगरी कात्तिक, मंसिर र वैशाख महिना भिरमौरीको मह काढ्ने उपयुक्त समय भएको मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङका उमर गुरुङ बताउँछन् । भिरमह विशेष गरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधिका रूपमा लिने भएकाले पनि गाउँलेहरूले मह सिकार गर्दै आएको मस्र्याङ्दी गाउँपालिका–२ घनपोखराका ५७ वर्षीया कृष्णबहादुर गुरुङको भनाइ छ ।

ad
ad