मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ मङ्सिर २८ आइतबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

पञ्चपुरी नगरपालिकाद्वारा टिकटक र फेसबुक चलाउन प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ मङ्सिर २८ आइतबार १२:३८:००

सुर्खेतको पञ्चपुरी नगरपालिकाले टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ।

नगरपालिका कार्यालयभित्र कर्मचारीहरूलाई टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको हो। 

नगरपालिकाले कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले फेसबुक र टिकटक चलाउन नपाउने नियम जारी गरेको छ ।

गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार नगरपालिकाका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन पाउने छैनन् ।

सामाजिक सञ्जालमा कर्मचारी व्यस्त हुँदा सेवाग्राहीको काममा असर परेको जनगुनासो आएपछि यो निर्णय गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले बताए । 

‘कर्मचारीले फेसबुकमा समय खर्च गरेको पाइएमा ‘स्पष्टीकरण’ मागिनेछ,’ उनले भने, ‘कार्यालयमा बसेर सरकारी पोसाकमै टिकटक बनाउने, फेसबुक, टिकटकमा पोस्ट गर्ने, कामभन्दा अन्य विषयमा पोस्ट, कमेन्ट गर्नेजस्ता काम हुने गरेको हुँदा यो नियम लागू गरिएको हो ।’

स्मरण रहोस्, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेको केही दिनपछि कर्णालीमा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने जनाएका थिए । त्यसको चर्को आलोचना भएपछि अहिले उनी आफैँ सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन् ।