१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वैकल्पिक सिकाइलाई सहजीकरण गर्न मोबाइल एप्स ‘इक्लास नेपाल’ सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:२९:oo

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मोबाइल एप्स (इक्लास नेपाल) सञ्चालनमा ल्याएको छ । कोरोनाका कारण शिक्षा क्षेत्र बन्द रहेका अवस्थामा वैकल्पिक सिकाइलाई सहजीकरण गर्न मोबाइल एप्स सञ्चालनमा ल्याएको केन्द्रले जनाएको छ । 

यस एप्समा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रसारण गरिएका सबै पाठहरू, लर्निङ पोर्टलमा रहेका पाठ्यपुस्तकहरूलाई अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकहरूका लागि समेत उपयोगी हुने गरी विषयगत-कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ । 

एन्ड्रोइड सिस्टम भएका सामान्य मोबाइलमा कम गतिको इन्टरनेट सेवा भएका स्थानबाट पनि सजिलै अध्ययन गर्न हेर्न मिल्ने गरी सामग्री राखिएको केन्द्रले जनाएको छ । 
विगतमा निश्चित समय तालिकाअनुसार प्रसारण गरिएका पाठलाई आफ्नो अनुकूल समयमा विद्यार्थीको सिकाइको गतिअनुरूप हेर्न र अध्ययन गर्न सकिने भएकले यो एप्स विद्यालय शिक्षा कक्षा १० सम्मका विद्यार्थीका लागि निकै उपयोगी हुने विश्वास केन्द्रको छ । 

मोबाइल एप्स प्रयोग गर्दा विद्यार्थीले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट र शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्नेछ । शिक्षकहरूले शिक्षक निर्देशिका र विषयगत पाठ्यक्रमको पनि आफ्नो आवश्यकतानुसार हेर्न र अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ । एप्सलाई अन्तरक्रियात्मक बनाउने उद्देश्यले विद्यार्थी मूल्यांकनका लागि पाठअनुसारका प्रश्न, नमुना प्रश्नपत्र, सिर्जनशीलता प्रष्फुटन हुने खालका सामग्रीसमेत समावेश गरी क्रमशः अद्यावधिक गर्दै लगिने केन्द्रले बताएको छ ।

ad
ad