सभामुख अग्निप्रसाद सापकोटाले समाजसेवी शंखधर साख्वाले तत्कालीन समयमा गरेका कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने बताएका छन् ।
आज ‘नेपाल संवत् विशेषांक’को अनावरण गर्दै सभामुख सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाबाट धेरै सिक्न सकिने चर्चा गरेका हुन् ।
प्रस्फुटन नेपाल मिडिया एन्ड पब्लिकेसन प्रा.लि. ले नेपाल संवत् ११४१ को अवसरमा ‘नेपाल संवत् विशेषांक’ प्रकाशन गरेको हो ।
‘नेपाल संवत् विशेषांक’मा राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन समयमा गरेको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयमा लेखिएको छ ।