मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १७ बुधबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १७ बुधबार १२:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक आज पनि बस्दै, दुवै अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १७ बुधबार १२:२४:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजो बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आ–आफ्नो राजनीतिक प्रतिवेदनको पक्षमा धारणा राखेकोमा आज भने सचिवालयका अन्य सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । 

मंगलबारको बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई आफ्नो प्रतिवेदन फिर्ता लिन अभिव्यक्ति राखेका थिए । 

अध्यक्ष दाहाले भने राजनीतिक प्रस्ताव फिर्ता नहुने र छलफलबाट नै टुंग्याउनुपर्ने अडान लिएपछि दुवै प्रस्तावबारे सचिवालय बैठकमा छलफल हुनेछ । 

सचिवालय बैठकमा दुवै अध्यक्षले राखेको प्रतिवेदन छलफल हुने र सचिवालयमा आफ्नो अल्पमत देखेपछि अध्यक्ष ओली आज बुधबारको बैठकमा उपस्थित नहुने सम्भावना प्रबल भएको स्रोतले जनाएको छ । 

नेकपाका दुई अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् । 

दाहालले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि विभिन्नखाले गम्भीर आरोपसहित आफ्नो राजनीतिक  प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन राखेका थिए । 
त्यसपछि हिजो १६ गते मंगलबार बैठक बसेकोमा हिजोको बैठकमा पनि दुई अध्यक्षबीच आरोप–प्रत्यारोप चलेको थियो । 

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवदेन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ । 

दोस्रो तहका नेताहरूबीच पनि आरोप–प्रत्यारोप र घोचपेच सामाजिक सञ्जालहरूमा छताछुल्ला भइरहेका छन् । 

हिजो मंगलबार मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुटगत हिसाबले मात्र चलेको गम्भीर आरोप लगाएका थिए । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीमा देखिएको समस्यामा एकजना अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामा माग्नु गुटगत मानसिकताबाट ग्रसित भएको जनाएका थिए ।