मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/सिन्ह्वा
२०७७ मङ्सिर १६ मंगलबार १६:३८:००
Read Time : < 1 मिनेट
विश्व

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ मङ्सिर १६ मंगलबार १६:३८:००

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रासायनिक हतियार नष्ट गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।  विश्वलाई नै रासायनिक हतियारविहीन बनाउन उनले सोमबार सबै राष्ट्रलाई आग्रह गरेका हुन् । 

रासायनिक हतियारबाट पीडितहरूको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहीँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठीक नभएको दाबी गरे । रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानुनविपरीतसमेत भएको उनले स्मरण गराए । ‘कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही साबित गर्न सकिँदैन, हामीले यसई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,’ उनले भनेका छन् । 

रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रूपमा लिन नहुने उनको जोड छ । उनले रासायनिक हतियारबाट पीडित भएकाहरूप्रति पनि विश्व समुदायको नैतिक जिम्मेवारी रहेकोतर्फ ध्यानाकर्षण गराए । सन्देशमार्फत उनले पीडितहरूप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।