१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Saturday, 05 July, 2025
२o७७ मङ्सिर १५ सोमबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२०२२ मा नेपालको पर्यटन दौडन्छ : मन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार १४:१o:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।

चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटेलको सोमबार शिलान्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहे पनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन बिस्तारै उठ्दै छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’

कोरोना संक्रमणको अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । अहिले घरमा भएका मानिस कोरोनाको भ्यासिनसँगै घुम्न नपाएर बसेकाहरू नसोचेको ढंगबाट भ्रमणमा निस्कने उनले आकलन छ । 

नेपालीमा समेत परिवारसहित खर्च गरेर घुम्न जाने प्रचलन स्थापित भएकाले यसले पनि पर्यटन विकासमा ठूलो टेवा पुग्ने उनले बताए । ‘हामीले २०२१ लाई आन्तरिक पर्यटनको रूपमा जोड गर्ने लक्ष्य बनाएका छाैँ,’ उनले भने । 

बन्द पर्यटन क्षेत्र खुला गर्दै अन्तर्राष्ट्रिय उडान खुकुलो बनाउँदै लगेको उनले बताए । ‘हामीसँगै प्रकृति र संस्कृति छ, यसलाई दक्ष जनशक्ति उत्पादन गर्दै यहीँबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो,’ उनले भने, ‘२०२२ मा नेपालको पर्यटकीय गतिविधिमा आँधिबेरी नै आउँछ, पुरानो लय भेट्ने मात्र हाेइन, यो क्षेत्र दौडन्छ ।’