मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Wednesday, 09 July, 2025
२o७७ मङ्सिर १५ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

हिमपातबाट जोगिन मनाङमा पूर्वतयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार o९:४५:oo

हिमाली जिल्लामा मनाङमा मंसिरको सुरुआतसँगै चिसो बढ्न थालेको छ । यो महिनाको अन्तिमदेखि हिमपात हुने भएकाले यसबाट जोगाउन पूर्वतयारी थालिएको छ । 

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, मनाङले पूर्वतयारी सुरु गरेको हो । यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए । 

प्रजिअ गिरीका अनुसार हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाका सम्भावित स्थान पहिचान गरिएको छ । त्यहाँ आउन सक्ने समस्याको निराकरणका लागि थप कार्ययोजना बनाउन लागिएको उनको भनाइ छ ।

माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्डे, पिसाङ, नार, फू, ढिकुरपोखरी चामेदेखि तल्ला भागहरू तिमाङ, दानक्यु र बगरछापलगायत क्षेत्र हिमपातले जनजीवन प्रभावित हुने गरेको छ ।