मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Saturday, 12 July, 2025
२o७७ मङ्सिर १५ सोमबार o९:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

वर्षामा शौचालय भत्किएपछि विद्यार्थीलाई समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार o९:४२:oo

वर्षामा भत्किएको शौचालय पुनः निर्माण नभएपछि हुम्लाको सर्केगार्ड गाउँपालिका–७ स्थित सूर्यज्योति आधारभूत विद्यालयका विद्यार्थी समस्यामा परेका छन् । उनीहरू शौचालय नहुँदा शौच गर्न खेतबारी तथा जंगलतिर जाने गरेका छन् । 

यस विद्यालयमा ०६६ मा शौचालय निर्माण गरिएको थियो । तर, साउनमा आएको वर्षाले जीर्ण बनेको शौचालय भत्किएको थियो । अहिलेसम्म पुनः निर्माण नहुँदा यहाँका ९० विद्यार्थी समस्यामा परेका हुन् ।

विद्यालयमा शौचालय नहुँदा खेतबारीमै दिसापिसाब गर्नुपरिरहेको विद्यार्थी न्युटल जैसीले बताए । ‘स्कुलमा शौचालय छैन, कहिले खोला जान्छु, कहिले खेतबारीतिर जान्छु,’ उनले भने । 

छात्रभन्दा पनि अझ बढी छात्रालाई सकस भएको छ । खोलानालातिर जाँदा डर लाग्ने गरेको छात्रा सुनतारा जैसीले बताइन् । 
विद्यालयमा शौचालय नहुँदा शिक्षकहरूलाई पनि सास्ती भएको छ । शौचालय प्रयोग गर्न घरतिर जाने गरेको उनीहरूले बताएका छन् ।

विद्यार्थीले खोलानाला तथा जंगलतिर जाने गरेको भए पनि शिक्षक भने घर नै पुग्ने गरेको प्रधानाध्यापक दत्त जैसीले बताए । शौचालयका लागि स्थानीय सरकार र संघसंस्थालाई गुहारे पनि सहयोग नपाएको उनले बताए ।

कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा कक्षाकोठाको पनि अभाव छ । २० वर्षअघि स्थापना भएको विद्यालयमा तीनकोठे भवन छ । एउटामा कार्यालय र अन्य दुई कोठामा कक्षा ५ सम्म पढाइ हुने गरेको छ ।