‘ब्रह्मास्त्र’ बलिउडकै सर्वाधिक महँगो सिनेमा भएको निर्माताको दाबी

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

डाइरेक्टर अयान मुखर्जीले ब्रह्मास्त्र सिनेमाबारे घोषणा गरेदेखि नै यसको चर्चा छ । पछिल्लो समय यो सिनेमालाई बलिउडमा सबैभन्दा धेरै लगानी गरिएको भनेरसमेत चर्चा गर्न थालिएको छ । यो सिनेमा निर्माणमा तीन सय करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख गरिएको छ । आगामी वर्ष अर्थात् सन् २०२१ मा सिनेमा रिलिज हुने जनाइएको छ । 

निर्माताले भारतमा बनेको सिनेमामध्ये सबैभन्दा धेरै खर्च भएको भने पनि यसमा कति रकम खर्च भएको हो सो भने प्रस्ट पारिएको छैन ।  

को–को छन् कलाकार
सिनेमामा रणवीर कपुर, अमिताभ बच्चन, आलिया भट्ट, मौनी रोय, डिम्पल कपाडिया र अक्किनेनी नागार्जुन प्रमुख भूमिकामा छन् । यो सिनेमा तीन भागमा निर्माण गर्ने घोषणासमेत भइसकेको छ ।

आलिया र रणवीर पहिलोपटक एउटै सिनेमामा
रणवीर कपुर र अलिया भट्ट एउटै सिनेमामा खेलेको यो पहिलोपटक  हो । सन् २०२० मै सिनेमा रिलिज हुने भनिए पनि कोरोना महामारीका कारण रिलिज हुने मिति सर्दै आएको छ । 

सुझावित समाचार