१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०९:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाऊँ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०९:०६:००

जनता समाजवादी पार्टीका  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले  अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई  सुझाब दिएका छन् । 

रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले अगाडिको स्यालसँग लड्न पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाब दिएका छन् । 

बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा. बाबुराम भट्टराईको यस्तो ट्विट आएको हो । 

युवासँग आग्रह- गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ !अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौँ;न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् !अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौँ !दुवैसँग लडेर अघि जाने साहस गरौँ !

— Baburam Bhattarai (@brb1954) November 28, 2020