१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लैंगिक हिंसा अन्त्यका लागि रसुवामा हस्ताक्षर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:४७:oo

लैंगिक हिंसा अन्त्यका लागि रसुवामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा हस्ताक्षर संकलन अभियान सुरु भएको हो । 

‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय रसुवामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । लैंगिक हिंसाविरुद्ध सदैव अग्रसर रहने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सुरु भएको माइती नेपाल रसुवाकी कार्यक्रम संयोजक लालुमाया घलेले बताइन् । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलो हस्ताक्षर गरी अभियानको सुरुवात गरेका थिए । महिला अधिकारकर्मी, कर्मचारी, प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले समेत लैंगिक हिंसा अन्त्य गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।  

१६ दिने अभियानभर जिल्ला प्रशासन कार्यालयमा पुगेकालाई लैंगिक हिंसा नगर्ने प्रतिबद्धता गराई हस्ताक्षर संकलन गरिने बताइएको छ । 

ad
ad