१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशसचिव शृंगलाबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षबर्धन शृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री ज्ञवाली र विदेशसचिव हर्षबर्धन शृंगलाबीच भेटवार्ता भएको हो । 

नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय वार्ता सम्पन्न गरी भारतीय विदेशसचिव शृंगला परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न मन्त्रालय पुगेका छन् । 

करिब एक वर्षपछि भएको द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव शृंगलाले गरेका थिए।

सो बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न मामिलामाथि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिवसीय भ्रमणका लागि भारतीय सचिव शृंगला आज काठमाडौं आएका हुन्।

तस्बिर : रासस