मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ९ मंगलबार १५:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना : पाँचको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ९ मंगलबार १५:३२:००

बैतडीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरकाे जिप आज दिउँसो १:४० मा बुढ्ढानजिकै दुर्घटना भएकाे हाे । दुर्घटनामा परी पाँचजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए । 

जिपका चालकसहित १२ जना सवार रहेकोमा घटनामा परी पाँचजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

६ जना घाइते भएकोमा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

चालक फरार रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।