Skip This
भारतीय विदेशसचिव बिहीबार नेपाल आउँदै : कालापानीबारे छलफल हुने-नहुनेबारे दुवै देश मौन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तस्वीर साभार : डिएनए इन्डिया
२o८१ बैशाख २६ बुधबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिव बिहीबार नेपाल आउँदै : कालापानीबारे छलफल हुने-नहुनेबारे दुवै देश मौन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:११:oo

भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार (११ मंसिर) नेपाल आउँदै छन् । 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव शृंगलाको भ्रमण मिति सार्वजनिक गरेका छन् । 

दुवै मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता भनेका छन्, तर कालापानीलगायत सीमा वार्ताबारे छलफल हुने –नहुने केही उल्लेख गरेका छैनन् । 

परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका शृंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

एक वर्षअघि विदेशसचिव भएका शृंगलाको पहिलो नेपाल भ्रमण हो । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका परराष्ट्रसचिवहरूबीच औपचारिक वार्ता बिहीबार हुनेछ । 

वार्तामा परराष्ट्रसचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । 

विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । 

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यो भ्रमण दुई मित्रवत छिमेकीहरूबीच उच्चस्तरीय भ्रमणहरूको नियमित आदान–प्रदान हो ।’ 

भारतीय विदेशसचिव शृंगलाले नेपाल सरकारलाई कोभिड– १९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । 

ad
ad