१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अधिवेशन सञ्चालनका लागि हामी तयार छौँ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १३:३९:००

सभामुख अग्नि सापकोटाले संसद्को आगामी अधिवेशन सञ्चालनका लागि आफूहरू तयार भइसकेको बताएका छन्। यस विषयमा सरकारसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ।

सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सापकोटाले भने, ‘हामी पूरै तयारीमा छौँ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर हामीले गर्नुपर्ने सबै तयारी गरका छौँ।’

संसद् सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो ? भन्ने पत्रकारको प्रश्नमा सभामुखले भने, ‘हामी हाम्रो तयारीमा छौँ। सरकारसित पनि कुरा चलिरहेको छ।’

त्यस्तै, सरकारले ल्याइरहेको अध्यादेशबारे उनले भने, ‘अहिले सरकारले ल्याएका अध्यादेशहरू पछि संसदमा छलफल हुने नै छ।’