१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार o५:४८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

दुर्योधनलाई स्वर्ग किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार o५:४८:oo

१८ दिनपछि महाभारतको युद्ध समाप्त भयो । सम्पूर्ण कौरव सेना र योद्धा युद्धमा मारिइसकेका थिए । पाण्डवले पनि केही समय शासन सञ्चालन गरेपछि उनीहरू स्वर्गतर्फको यात्राका लागि सबै भाइ हिमालय पुगे । त्यहाँ पुग्दानपुग्दै द्रौपदीसहित सबै भाइ ढले । पत्नी र भाइहरू ढलेपछि युधिष्ठिर मात्र एक्लै स्वर्ग गए ।

युधिष्ठिर जीवितै स्वर्ग गएका थिए । त्यहाँ उनले स्वर्ग र नरक दुवै देखे । उनले स्वर्गमा प्रवेश गर्नासाथ त्यहाँ आरामसाथ बसिरहेका दुर्योधनलाई देखे । उनले आफ्ना भाइहरूलाई पनि भेटे । बाटामा भाइहरू ढल्दै गर्दा पनि प्रश्न गरिरहने भीमले यहाँ पनि दाजु युधिष्ठिरसित प्रश्न गरे, ‘दाजु, यो दुष्ट दुर्योधनले जीवनभर अनीतिको पक्ष लियो । यसले जीवनमा दुराचारसिवाय केही गरेन । उसले जीवनमा स्वर्ग प्राप्त गर्ने एउटै पुण्य कर्म गरेको थिएन । तैपनि, उसले स्वर्ग कसरी प्राप्त ग¥यो ? के ईश्वरको न्यायमा पनि पक्षपात हुन्छ हो ?’

युधिष्ठिरले भने, ‘त्यस्तो होइन भीम, ईश्वरीय विधानअनुसार प्रत्येक पुण्यको परिणाम अत्यन्त थोरै नै भए पनि उसले स्वर्ग प्राप्त गर्छ । सबै दुर्गुण हुँदाहुँदै पनि दुर्योधनमा एउटा सद्गुण थियो, जसको प्रसादस्वरूप उसलाई स्वर्गमा स्थान प्राप्त भयो ।’ भीमले सोधे, ‘दुर्योधनमा त्यस्तो कुन सद्गुण थियो, जसका कारण उसलाई स्वर्गमा स्थान प्राप्त भयो ?’ युधिष्ठिरले जवाफ दिए, ‘ऊ आफ्नो लक्ष्य प्राप्त गर्न जहिल्यै तन्मयतासाथ जुटिरह्यो ।

आफ्ना खराब संस्कारका कारण उसले जीवनलाई सही दिशा दिन नसके पनि उसको मार्ग भने सही थियो । ध्येयप्रति एकनिष्ठ रहनु पनि निकै ठूलो सद्गुण हो । यस सद्गुणको पुण्यको परिणामस्वरूप केही समयका लागि उसलाई स्वर्गमा स्थान प्राप्त हुनु निश्चित थियो ।’