१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:२४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सक्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:२४:००

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । 

पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

कोरिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । 

कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए । 

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । 

आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताए । 

मुआब्जा वितरणसमेत गरेर तीन अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । 

शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्रीसमेतकाे टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास लिएको प्राधिकरणले जनाएको छ ।