कञ्चनपुरकाे बेलडाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । ५७ वर्षीय वडाध्यक्ष रोकाया घरबाट करिब एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनी साढे १० बजे मृत अवस्थामा भेटिएको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

सुझावित समाचार