मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर ३ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्राउनसुगर र गाँजासहित नौजना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर ३ बुधबार १२:१९:००

मोरङको उर्लाबारीबाट  लागुऔषध ब्राउनसुगर र गाँजासहित नाैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

२ मंसिर अर्थात् मंगलबार साँझ मोरङको  उर्लाबारी नगरपालिका– ७ स्थित छोमाई तामाङको घरबाट मंगलबार साँझ नाैजना महँगो लागुऔषध ब्राउनसुगर र गाँजासहित पक्राउ परेका हुन् । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार भाडामा बस्दै आएका मानिसहरूले ब्राउनसुगर र गाँजा बिक्री–वितरण तथा सेवन गर्ने–गराउने गरेको सूचना पाएपछि इलाका प्रहरी उर्लाबारीबाट खटिएको टोलीले मंगलबार साँझ कोठामा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा उर्लाबारी– ७ की २१ वर्षीया ममता तामाङ, २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी– ९ भोटेपुल बस्ने २८ वर्षीय आकाश लिम्बू, झापा दमक नगरपालिका–  ७ बजारलाइन बस्ने १९ वर्षीय ससिन सेख, दमक– ४ बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नपा– ८ का २२ वर्षीय रुमपमान केदेम, रतुवामाई– १० सातमेडीका १९ वर्षीय एन्जिल मगर र रतुवामाई– ९ इटहराका मन्जिल बस्नेत छन् । 

लागुऔषधको कारोबार गर्दै आएकी मुख्य नाइके घरधनी छोमाई तामाङ भने फरार रहेको प्रहरीले बताएको छ । 

उनीहरूको साथबाट प्रहरीले चार ग्राम सात सय २७ मिलिग्राम ब्राउन सुगर, १एकसय ८४ ग्राम गाँजा र विभिन्न नम्बर प्लेटका पाँचवटा मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।