१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २४ सोमबार १२:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साहित्य सिर्जनामार्फत स्रष्टाले सम्झिए महाकवि देवकोटालाई

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:१२:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा साहित्यकारहरूले आ–आफ्नो साहित्य सिर्जनामार्फत देवकोटालाई सम्झिएका छन् ।

शनिबार मकालु साहित्य समाजको आयोजनामा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा देवकोटाको जन्मजयन्ती मनाइएको हो । 

देवकोटाको सम्मान गर्दै खाँदबारीमा देवकोटा चौक स्थापना गरिएको छ । कार्यक्रमसमेत त्यही आयोजना गरिएको थियो । देवकोटाको मूर्तिमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । 

त्रिवि प्राज्ञ परिषद्का सदस्य तथा बरुण बहुमुखी क्याम्पस प्रमुख टीकाराम गुरुङको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले लक्ष्मीप्रसाद देवकोटा एउटा क्रान्तिकारी र समाज सुधारक व्यक्ति भएको स्मरण गरे । उनले देवकोटा महान् क्षमताको धनी व्यक्तित्व भएको बताउँदै उनको साहित्य सिर्जनाले आजसम्म पनि नेपाली साहित्यमा विशिष्ट योगदान पुऱ्याएको बताए । 

लक्ष्मी जन्मजयन्ती कार्यक्रममा मकालु साहित्य समाजका अध्यक्ष तथा साहित्यकार ताराबहादुर बुढाथोकी, वसन्तलाल तामाङ, कृष्ण चापागाईं, सनम थापा, सुजन अधिकारी, तारा चापागाईंलगायतका स्रष्टाहरूले  देवकोटाको सम्झनामा आ–आफ्ना साहित्य सिर्जनाहरू वाचन गरेका थिए ।

बर्सेनि मकालु साहित्य समाजको अगुवाइमा खाँदबारीमा लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा कार्यक्रम गरिँदै आएको छ । देवकोटाको सम्मानमा उक्त ठाउँमा अर्धकदको मूर्ति स्थापना गरिएकाले नै सो ठाउँलाई देवकोटा चौक भनेर चिनिन थालेको छ । 

स्थानीय टोल विकास संस्था र आमा समूहले सक्रिय रूपमा रेखदेख र हेरचाह गर्ने गरेको छ । जन्मजयन्तीको अवसरमा देवकोटाको मूर्ति रंगरोगन गर्ने कामसमेत गरिएको थियो ।

कोरोना कहरका कारण सीमित मानिसलाई निमन्त्रणा गरेर देवकोटाको जन्मजयन्ती मनाउने कामलाई निरन्तरता दिएको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । 

दश वर्षकाे उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ खण्डकाव्य सबैभन्दा चर्चित पुस्तक हो । 
 

ad
ad