१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

युवराज खतिवडा भन्छन्- कूटनीतिक पहलमार्फत देश र जनताको हितमा काम गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१८:oo

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगाेलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताएका छन्।

बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘नेपाली श्रमिकहरूको पक्षमा पनि काम गर्छु । नेपाली विद्यार्थीका लागि अमेरिकामा कोटा बढाउन पनि मेरो भूमिका हुन्छ।’

नेपाल र अमेरिकाबीचको सबै सन्धि–सम्झौतालाई समझदारीपूर्वक अघि बढाउन पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ । ‘राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर काम गर्छु,’  उनले समितिमा भने।

ad
ad