१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २७ बिहीबार
  • Friday, 23 August, 2024
२o७७ कार्तिक २७ बिहीबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा सीमावर्ती भारतीय बजार आउजाउ खुला गर्न माग राख्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २७ बिहीबार ११:४३:oo

चाडबाडका वेला सीमावर्ती भारतीय बजार बैरगनियासँग जाेडिएकाे सीमानाका खोल्नुपर्ने माग गर्दै रौतहट सदरमुकाम गौरमा बिहीबार स्थानीयले प्रदर्शन गरेका छन् । 

करिब एक हजारको संख्यामा रहेका नेपालीले चाडबाडका वेला सीमा नखोलेको भन्दै विरोध गरेका हुन् । भारतले सीमा खोले पनि नेपालले सीमा नखोल्दा किनमेलका लागि चोरबाटो आउजाउ गर्नुपरेको उनीहरू गुनासो थियो ।

चोरबाटोबाट आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले मूल नाकाबाट आउनु भन्दै रोक्ने गरेकाले बाध्य भएर विरोधमा उत्रेको स्थानीय मुन्ना तिवारीले बताए ।

आसन्न चाड तिहार र छठ पर्वका लागि किनमेल गर्न नेपालीहरू सीमावर्ती भारतीय बजार जाने गर्छन् । तर, चाडबाडकै वेला नाका बन्द हुँदा आवश्यक सामान नपाउने अवस्था भएकाले प्रशासनको ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको स्थानीय जगरनाथ साहले बताए ।