१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २६ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका तेह्रथुम
२o७७ कार्तिक २६ बुधबार २२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुवाखालबाट तीन वडाध्यक्षसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तेह्रथुम
नयाँ पत्रिका
२o७७ कार्तिक २६ बुधबार २२:o६:oo

तेह्रथुममा कार्यालय समयमै जुवा खेलिरहेका तीन वडाध्यक्षसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्याङलुङ नगरपालिका– ६ का अध्यक्ष इन्द्रराज लिम्बू, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल तुम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई एक लाख रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको हो । 
उनीहरूविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मंगलबार जिरिखिम्तीको एक होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले दिउँसो तीन बजे छापा मारेको थियो । स्राेतका अनुसार सो ठाउँमा नियमित जुवा खेल्ने गरेको सूचना प्रहरीलाई पुगेको थियो । 

जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएका छन् । उनीहरूविरुद्ध मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्दा दर्ता गरी अघि बढाएको प्रहरीले जनाएको छ ।