मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ४ आइतबार
  • Sunday, 17 January, 2021
ad
रमेश रावल सुर्खेत
२०७७ कार्तिक २६ बुधबार १५:२१:००
अर्थ डिजिटल संस्करण

एक्लो कर्मचारीले धानेको ६ जिल्ला हेर्ने कार्यालय

रमेश रावल, सुर्खेत
२०७७ कार्तिक २६ बुधबार १५:२१:००

६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा जम्मा एकजना मात्र कर्मचारी । यो सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । 

एक मन त होइन होला जस्तो पनि लाग्यो होला । तर, पत्याउनैपर्ने हुन्छ ।

खाद्यवस्तुको गुणस्तरको मापन तथा त्यसको नमुना लिएर जाँच गर्ने खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले एकजना कर्मचारीको भरमा ६ जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ । 

कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुमपश्चिम जिल्लामा खाद्यवस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको कार्यालयमा एकजना कर्मचारीले काम गर्दै आएका छन् । 

प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा ६ जनाको दरबन्दी भए पनि तीन वर्षदेखि कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले एक्लै कामकाज गर्दै आएका छन् । 

कार्यालयका प्राविधिक सहायक चारजना, कार्यालय प्रमुख र कार्यालय सहयाेगीको दरबन्दी भए पनि तीन वर्षदेखि एक्लैले कार्यालयको काम गर्दै आएको निमिक्त प्रमुख थापाले बताए । 

‘जनशक्ति अभावका कारण ६ जिल्लाको काम जेनतेन एक्लैले गर्दै आएको छु,’ उनले भने, ‘कामविशेष कार्यालयबाहिर जानुपर्दा  जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ ।’ 

कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रूपमा समेत काम गर्दै आएका खाद्य निरीक्षक थापाले एक्लैले ६ जिल्लाको काम गर्नुपरेको गुनासो गरे । 

‘मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले  निकै गाह्रो भएको छ,’ उनले भने ।

‘न सवारीसाधन छ न त अन्य कुनै सेवा सुविधा,’ उनले थपे

बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको  सवारीसाधन  लिनुपर्ने बाध्यता रहेको थापाले बताए । 

‘स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैँले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन–उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन,’ उनले भने, ‘लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।’ 

खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमुना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताए । 

६ जिल्ला हेर्ने कार्यालयमा खाद्य पदार्थको गुणस्तर जाँच्नका लागि कर्मचारी र ल्याबको समस्या भएको निमिक्त प्रमुख थापाले बताए । ‘यहाँ कार्यालयमा खाद्यको गुणस्तर जाँच्ने ल्याब पनि छैन,’ उनले भने, ‘खाद्यवस्तुको गुणस्तर जाँच्नका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता रहेको छ ।’

कार्यालय स्थापना भएयता कार्यालयमा नाैवटा खाद्य तथा गुणस्तरसम्बन्धी मुद्दा दायर भएको र केही अदालतबाट फैसला भएको केही अदालती प्रक्रियामा रहेको निमित्त  प्रमुख थापाले बताए ।

छुटाउनुभयो की ?