मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ कार्तिक २२ शनिबार
  • Friday, 14 August, 2026
एजेन्सी
२o७७ कार्तिक २२ शनिबार १५:२७:oo
Read Time : < 1 मिनेट
सप्तरंग

मी टु... आरोप लागेको दुई वर्षपछि अभिनेता नाना पाटेकर  काममा फर्किए

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक २२ शनिबार १५:२७:oo

बलिउड अभिनेतृ तनुश्री दत्ताले सन् २०१८ मा यौन शोषणको आरोप लगाएपछि बलिउडबाट हराएका अभिनेता नाना पाटेकर पुनः काममा फर्किएका छन् । पाटेकर फिरोज नाडियावालाद्वारा निर्देशित ‘वेभ सिरिज’मा देखिने भएका हुन् । 

नाना पाटेकर पुनः बलिउडमा फर्किएपछि अभिनेतृ तनुश्रीले चिन्ता व्यक्त गरेकी छिन् । उनले एक वेबसाइटसँगको कुराकानीमा भनेकी छिन्, ‘ममाथि यौन शोषण गर्ने, मेरो परिवारमाथि आक्रमण गर्ने, मेरो घरमा गुण्डा पठाउने, गुण्डागर्दीमार्फत मलाई बलिउडबाटै किनारा लगाउने व्यक्ति दुई वर्षसम्म मैले न्याय पाउन गरेको लडाइँका बाबजुत पुनः काममा फर्किएको छ । उनीहरूलाई नै ठूला प्रोड्युसर मिल्छन् ।’  

सन् २००८ मा ‘हर्न ओके प्लिज’ सिनेमा सुटिङ भइरहेको वेला अभिनेता नाना पाटेकरले गलत आसयले आफूलाई छुने कोसिस गरेको आरोप अभिनेतृ तनुश्री दत्ताले लगाएकी थिइन् । उनको आरोपकै कारण नाना पाटेकरले ‘हाउसफुल ३’सहित केही सिनेमा गुमाउनुपरेको थियो । पाटेकरविरुद्ध मुम्बई पुलिसले मुद्दासमेत दर्ता गरेको थियो । तर, सन् २०१९ मा उनले सफाइ पाएका थिए ।