
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अधिवेशन बोलाउन माग गरेका छन् ।
उनले सत्तारुढ नेकपाको आन्तरिक किचलाे उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद् अधिवेशनमा छलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन, ‘सरकारका दुष्कर्म–कुकर्म आमजनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद् अधिवेशन बोलाएर छलफल गर्ने कि ! १)कोरोना २) अर्थतन्त्र ३) संघीयता ४) भ्रष्टाचार ५)विदेश सम्बन्ध ६ अन्य !’
नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि:१.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!
— Baburam Bhattarai (@brb1954) November 7, 2020