मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २१ शुक्रबार १४:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकेटार विमानस्थलबाट दैनिक पाँचवटा उडानको व्यवस्था हुन्छ : मन्त्री भट्टराई 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार १४:४१:००

ताप्लेजुङस्थित सुकेटार विमानस्थल स्तरवृद्धिको काम अगाडि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको स्तरवृद्धिकाे काम सम्पन्न भएपछि दैनिक पाँचवटा उडानको व्यवस्था मिलाउने बताएका छन् ।  

शुक्रबार बिहान गृहजिल्ला आएका भट्टराईले विमानस्थलको स्तरवृद्धिको काम समयअगावै सक्न निर्देशन दिएका छन्।

उनले हेलिकाेप्टर, हवाईजहाज गरी दैनिक ४–५ उडान हुने भएकोले प्राधिकरणका विमानस्थल कर्मचारीलाई चनाखो भएर बस्नसमेत निर्देशन दिए ।

मन्त्रीसँगै ताप्लेजुङ आएका नागरिक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक राजन पोख्रेललगायतको टोलीले विमानस्थलको निरीक्षण गरेका थिए । 

पोख्रेलले देशका हिमाली तथा पहाडी जिल्लाका ३३ वटा विमानस्थलको स्तरवृद्धिको काम भइरहेको जानकारी दिए । 
उनले  तत्काल विराटनगरदेखि ताप्लेजुङसहित  प्रदेश नम्बर १ का पहाडी जिल्ला हवाई यातायातले जोड्ने योजना भएको बताए ।

सुकेटर विमानस्थलको स्तरवृद्धिको ६५ प्रतिशत काम सम्पन्न भएको सुकेटर विमानस्थल प्राधिकरण शाखा कार्यालयका प्रमुख सूर्य खत्रीले जानकारी दिए । अहिलेसम्ममा टर्मिनल भवन रङरोगन गर्ने काम, विमानस्थलको मुख्य गेटदेखि सहायक गेटसम्मको बाटो ढलान गर्ने, नाली बनाउने काम सम्पन भएको प्रमुख खत्रले बताए । उनले समयभन्दा १ वर्षअघि नै काम सम्पन्न गर्ने दाबी गरे । 

जिल्लामा पर्यटकीय तथा धार्मिकस्थल पाथिभरा, कञ्चजंघा फुङफुङ्गे झरनालगायत पर्यटकीय गन्तव्य भएपनि सुकेटर विमानस्थल १२ महिनामा ६ महिनामात्रै सञ्चालन हुँदा पर्यटकको आगमनमा शिथिलता आएको छ ।