१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सचिवालयको अनौपचारिक बैठक पार्टी विधान र परम्पराविपरीत : सूर्य थापा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:४९:oo

नेकपाका अध्यक्ष केपी ओली तथा अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बाेलाइएकाे सचिवालयको अनौपचारिक बैठकबारे कुनै सहमति नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

उनका अनुसार पार्टी महासचिव विष्णु पौडेललाई समेत यसबारे कुनै जानकारी छैन । थापाले नयाँ पत्रिकासँग भने, ‘पार्टी विधानअनुसार दुई अध्यक्षको सहमतिपछि पार्टी महासचिवले सचिवालयकाे बैठक बोलाउने हो । त्यसैले यो बैठक पार्टी विधान, परम्पराविपरीत हुन्छ ।’ 

अध्यक्ष प्रचण्डले यसअघि र बिहीबारको भेटमा समेत  अर्का अध्यक्ष ओलीलाई पार्टीभित्र चुलिएकाे विवाद सचिवालय बैठक बाेलाएर छलफल गर्न प्रस्ताव गर्दै आएका छन् ।

अध्यक्ष ओलीले भने पहिला दुई अध्यक्षबीच एजेन्डामा छलफल र सहमति भएपछि सचिवालयको बैठक बोलाउनुपर्ने भन्दै सचिवालय बैठक टार्दै आएका छन् । 

दुवै अध्यक्षबीच पार्टीभित्र देखापरेका विवादबारे कुनै सहमति जुट्न नसकेपछि प्रचण्डले आज अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।प्रवक्ता श्रेष्ठका अनुसार छलफलमा सहभागी हुन सबै सचिवालय सदस्यलाई खबर गरिएको छ । 

ad
ad