१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

यसपटक फूल आयात नगर्ने, स्वदेशी उत्पादनले धान्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:oo:oo

यस वर्षको तिहारका लागि भारतबाट फूल आयात नगरिने भएको छ ।  कोरोना भाइरसका कारण  यस वर्ष पुष्प व्यापारमा कमी आउन सक्ने भन्दै व्यवसायीहरूले  स्वदेशी उत्पादनले नै धान्ने भएकाले यसपटक भारतबाट फूल आयात नगर्ने फ्लोरिकल्चर एसोसिएसनको अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए ।

गत वर्षको तिहारमा जस्तो फूलको व्यापार नहुने भन्दै व्यवसायी चिन्तित रहेको श्रेष्ठ बताउँछन् । कोरोना भाइरसका कारण पसल, कम्प्लेक्स, महल र  विभिन्न पेसाकर्मीहरू बाहिर  र कतिपय बन्द रहेका छन् ।  उपत्यकामा  यसपटक जनसंख्या पनि  कम हुने भएकाले फूल कम खपत हुने  अध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष भारतबाट दुई लाख माला आयात गरिएको थियो । भारतबाट दुई लाख माला आयात हुँदा पनि एउटै मालाको मूल्य सामान्य मालाको एक सय  ५० रुपैयाँदेखि सात सयसम्म रहेको  थियो । 

१५ लाख सयपत्री माला खपत हुने अनुमान

यस वर्षको तिहारमा १५ लाख  सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार गत वर्ष २५ लाख खपत भएकोमा यसपटक घट्ने  भएको हो ।

गत वर्षमा २० प्रतिशत  माग धाने पनि फूलको मूल्य बढेको थियो  भने यसपटक  मूल्य झनै बढ्न सक्ने भएको छ ।

एसोसिएसनका अनुसार  गत वर्ष तिहारमा सयपत्री फूलको माला मात्र २२ लाखको कारोबार भएको  थियो । भारतबाट फूलको आयात नहुनेबित्तिकै फूलको मूल्य गत वर्षको तुलनामा व्यापारीहरुले बढाउन सक्ने  श्रेष्ठले  बताए ।

उपत्यकामा खपत हुने फूलको माला सयपत्री काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायतका जिल्लामा उत्पादन हुन्छ । धादिङ, मकवानपुरको हेटौँडा र मनोहरीमा सबैभन्दा बढी व्यावसायिक रूपमा सयपत्री खेती गरिएको छ । गत आर्थिक वर्षमा झन्डैै दुई अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

 

ad
ad