मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १४:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी दिन समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १४:१९:००

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरूलाई बिमा समितिले निर्देशन दिएको छ । 

कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरूलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । 

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताएका छन् । 

यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको,  परीक्षण गरिएका ल्याबहरू विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र दोहोरो बिमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको पनि अध्यक्ष चापागाईंले बताए । 

तर, अबदेखि प्रमाणीकरणका सबै प्रक्रियाहरू एक साताभित्र पूरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए । 

कुनै पनि बिमितले बिमा दाबी गर्दा पिसिआर परीक्षणमा पजिटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले जानकारी दिए । 

अहिलेसम्म नेपालमा करिब दुई हजार व्यक्तिले २० करोड रुपैयाँबराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बिमा कम्पनीहरूमा करिब १३ हजार दाबी परेको अध्यक्ष चापागाईंले बताए ।