मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १६:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सेनाध्यक्ष नरभणेले भने– सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्दै छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १६:५६:००

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् । 

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले यो बताएका हुन् । उनी नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन् । 

‘म नेपाल भ्रमणमा जाने र  मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि खुसी छु,’ नरभणेले भनेका छन्, ‘यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’ 

नरभणेको थप भनाइ छ, ‘नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि म आभारी छु । नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित  हुने विषय मेरो लागि ठूलो सम्मान हो ।’