मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार १२:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बारबर्दिया नगरपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे बनाउन थाल्यो

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार १२:४५:००

बारबर्दिया नगरपालिकाले पहिलोपटक आफ्नै लगानीमा कालोपत्रे सडक निर्माण सुरु गरेको छ । बर्दियाको पर्यटकीय क्षेत्र सत्खोलुवाताल रहेको खैरेनी गाउँमा कालोपत्रे सडक निर्माण सुरु गरेको हो । 

बारबर्दिया नगरपालिका– ९, खैरेनी गाउँ सत्खोलुवाताल जाने बाटो (सगुनमार्ग) को कालोपत्रे गर्न थालिएको हो । गत आर्थिक वर्षमा नै कालोपत्रे गर्ने योजना रहे पनि लकडाउनका कारण सडक निर्माण कार्य रोकिएको थियो । 

हाल खैरेनीगाउँमा एक हजार ६ सय १५ मिटर सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । यो सबै बारबर्दिया नगरपालिकाको लगानीमा भएको पहिलो कालोपत्रे सडक हो ।

करिब एक करोड ९४ लाख रुपैयाँको लागत इस्टिमेट रहेको सो सडक ब्ल्याकबक कन्स्ट्रक्सनले एक करोड ६ लाख ६९ हजार रुपैयाँमा ठेक्का सकार गरी निर्माण कार्य सुरु गरेको हो । 

सत्खोलुवा ताल र सत्खोलुवा होमस्टे बारबर्दिया नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो । ताल र होमस्टेसम्म जाने बाटो कालोपत्रे गर्ने अभियानस्वरूप खैरेनी गाउँमा कालोपत्रे गरिएको हो ।

पर्यटकीय क्षेत्र सत्खोलुवा तालदेखि नमुना गाउँ बेलभारसम्मको सडकलाई सगुन मार्ग नामकरण गरिएको छ । 

एघार किलोमिटर सात सय ६० मिटर लम्बाइ रहेको सो सडकको डिपिआरसमेत भइसकेको छ । सो सडक निर्माण सम्पन्न गर्नका लागि करिब ३२ करोड ४६ लाख रुपैयाँको लागत अनुमान रहेको नगरपालिकाले जनाएको छ ।